नेकपा एमाले बुढानिलकण्ठको अध्यक्षमा उम्मेद्वारी दिने तयारीमा श्रीकृष्ण श्रेष्ठ

नेकपा एमाले बुढानिलकण्ठको अध्यक्षमा उम्मेद्वारी दिने तयारीमा श्रीकृष्ण श्रेष्ठ

कपन अनलाइन

काठमाण्डौ,चैत १६।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका सचिव श्री कृष्ण श्रेष्ठले नगर कमिटीको अध्यक्षमा उम्मेद्वारी दिने तयारी गरेका छन।

भोलि चैत १७ गते हुने नेकपा एमाले बुढानिलकण्ठको बन्द सत्रमा अध्यक्ष पदमा उम्मेद्वारी दिनका लागि श्रेष्ठले तयारीलाई व्यापक बनाएको श्रोतले जानकारी दिएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का पुर्व अध्यक्ष समेत रहेका श्रेष्ठले अध्यक्ष पदमा दावी गर्नका लागि आन्तरिक छलफल र परामर्शलाई तीव्र बनाएका छन ।

लामो समय सम्म नेकपा एमालेक विभिन्न जिम्मेवारीमा रहेका श्रेष्ठ काठमाण्डौ क्षेत्र नं ४ का पुर्व सहसचिव हुन् भने नगरपालिकाका विभिन्न समितिहरुमा  सक्रिय रहेका थिए।

साविक चुनिखेल गाविस रहेको अवस्थामा स्थानीय विकास निर्माणमा सक्रिय रहेर सामाजिक व्यक्तित्वको पहिचान बनाएका श्रेष्ठले २०७९ सालको स्थानीय तहको निर्वाचनमा प्रचारको कमाण्ड सम्हाल्दै सुखद नतिजा ल्याउन गरेको मेहनतको चर्चा काठमाण्डौ क्षेत्र नं ४ मा हुने गरेको छ।

 

तपाइँको प्रतिक्रिया ।