परिवर्तन : संतराम पाण्डेय (गंगानगर मेरठ उत्तर प्रदेश, भारत)

परिवर्तन : संतराम पाण्डेय (गंगानगर मेरठ उत्तर प्रदेश, भारत)

कपन अनलाइन
काठमाडौं,चैत १०।

सुन,
परिवर्तन निश्चित छ
आफु स्वयंलाई बदल्न तयार होऊ
एकै जस्तो सबै को छ र यहाँ
जब समय नै एक छैन
तब छोटो जिन्दगी कसरी बाँच्न सक्छ
यो पनि सुन,
परिवर्तन छायाँ हो
साथ साथै हिड्छ
सुत्दा, बिउँझिदा र कृयाशील रहँदा
उ छायाँ बनेर साथै लागिरहन्छ
हातको एउटा औंला समाएर छोड्दैन
सुन परिवर्तन देखिँदैन तर साथै हिडेको हुन्छ
हरदमको भूमिका निभाएर
लाख बचाऊँ तिमीले बच्न दिए पो
छायाँले कसैको साथ छोडेको कहिले ?
तिमी परिवर्तन हो
परिवर्तन हो
साथै हिड्छ
सुन,
परिवर्तन सिंहमरमर जस्तो
शरिरको कपाललाई सजाउनेदेखि
शरिरको परेको चाउरीसम्म गहिरिएर
चर्किएको, भत्किएको बाटो अनुसार अन्तिम रूप दिईरहन्छ
ठुलो किसिमले जिन्दगीको बाटो देखाउँदै
अतितदेखि वर्तमानलाई जोडने मार्गदर्शक बनेर ।

(अनुवादः मञ्जुश्री प्रधान के .सी. ”रानु“काठमाण्डौँ, नेपाल )

सहकार्य : कपन बानेश्वर साहित्यिक

तपाइँको प्रतिक्रिया ।