दुइ मुक्तक : गंगा लिगल

दुइ मुक्तक : गंगा लिगल

कपन अनलाइन
काठमाडौं,चैत १०।

दुःखको क्रन्दनमा चुक नथपी देउ
उसको रोदनमा थुक नथोपिदेउ
सुख दुःख सबैलाई अपरिहार्य नै छ
दुःखद अवस्थामा हुप नघोपिदेउ ।

चौतर्फ पीडा युक्त छ मानव जीवन
रोदन क्रन्दन युक्त छ मानव जीवन
प्रकाशमय आशा सधैँ राख्नुपर्छ
अनि हुन्छ नै उज्वल मानव जीवन ।

सहकार्य : कपन बानेश्वर साहित्यिक

तपाइँको प्रतिक्रिया ।