हेडसरका कथा : आफ्नो जीवनको लक्ष नै शिक्षाको सेवा बनाएका “नारायण बाबु तिमल्सिना”
मानव सभ्यतालाई नयाँ युगतर्फ डोर्याउने अठोटका साथ जीवन सार्थक बनाउन सफल व्यक्तित्व हुन् नारायण बाबु तिमिल्सिना।
विक्रम सम्वत २०३४ साल कार्तिक २६ गते धनकुटा जिल्लाको पर्यादिन गाउँ विकास समिति वडा नम्बर ९ मा भएको हो। उनको जन्म एक निम्न परिवारमा भएको थियो ।
उनले आफ्नो निम्न तहको शिक्षा त्यही गाउँ विकास समितिकै श्री महाकाली निम्न माध्यमिक विद्यालयबाट पूरा गरे जहाँ उनले कक्षा ७ सम्म शिक्षा आर्जन गरे भने त्यस पश्चात उनले छथर जोरपाटी गाउँपालिकामा रहेको श्री चुलाचुली माध्यमिक विद्यालयबाट कक्षा १० सम्मको अध्ययन पुरा गरेका थिए ।
सानैदेखि स्वाभावैले मेहनती उनले प्रविणता प्रमाणपत्र तह र स्नातक तह धनकुटा मल्टिपल क्याम्पसमा अध्ययन गरेका थिए जहाँबाट उनले ‘आइएड’ मा ऐक्षिक अङ्ग्रेजी र अर्थशास्त्र र ‘बिएड’ मा ऐक्षिक अङ्ग्रेजी विषय लिई स्नातक तह उत्तीर्ण गरेका थिए।
यसपश्चात् पनि उनको अझ थप शिक्षा आर्जन गर्ने मनसाय त थियो नै तर उनले आफ्नो बारेमा मात्र नसोची आफ्नो गाउँघरको बारेमा पनि सोचे जसकारण उनी आफ्नै गाउँ धनकुटामा फर्केर आफ्नै गाउँमा रहेको श्री महाकाली निम्न माध्यमिक विद्यालयमा अध्यापन गर्न सुरु गरेका थिए। श्री महाकाल निम्न माध्यमिक विद्यालयमा करिब पाँच वर्षसम्म अध्यापनपश्चात उनले आफ्नो पढाइलाई अझ निरन्तरता दिने निधो गर्दै स्नातकोत्तर तहको शिक्षा केन्द्रीय क्याम्पस कीर्तिपुरबाट पूरा गरेका थिए।
उनीले आफ्नो स्नातकोत्तर तहको शिक्षा पूरा गरेपश्चात उनी फेरि शिक्षण पेशातर्फ नै आकर्षित भए र काठमाडौ जिल्लाको तारकेश्वर नगरपालिकामा रहेको कालीदेवी उच्च माध्यमिक विद्यालयमा पुनः अध्यापन कार्यमा सक्रिय बनेका थिए।
सो पश्चात उनले काठमाडौँ जिल्लाका धेरै विद्यालयहरूमा शिक्षकको रूपमा आबद्ध भएर काम गरेका थिए। सोहि क्रममा उनी पुष्पलाल मेमोरियल विद्यालयसँग आबद्ध हुन पुगे ।
सो विद्यालयसँग आबद्ध भएपश्चात उनले अध्यापन गराउने क्रममा उनले धेरै नयाँ अनुभवहरू अँगाल्न पुगे जसले उनलाई प्रधानाध्यापकका रुपमा काम गर्नका लागि धेरै सहयोग गरेको थियो। आजको स्तरसम्म पुग्नको निमित्त धेरै संघर्ष र धेरै मेहनत गरेको स्मरण गर्दै उनले मेहनतको क्रममा एक शिक्षक भइसके पश्चात कसरी शिक्षण पेशालाई आफ्नो कर्तव्य र धर्म बनाउन सकिन्छ ? कसरी आफ्नो जिम्मेवारीलाई पूर्ण रूपमा निभाउन सकिन्छ ? कसरी समयनुरूप अघि बढ्न सकिन्छ आदि इत्यादि कुराहरू आफ्नो व्यवहारमा समेत लागु गरेको बताएका छन ।
विसं २०६९ साल जेठ १४ गतेबाट पुष्पलाल मेमोरियल विद्यालयको प्रधानाध्यापककोजिम्मेवारी लिएका उनले कपन क्षेत्रमा भएका संस्थागत विद्यालयहरूको समग्र शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गरी भावी पीढीहरूका लागि समेत अवसरको सिर्जना गर्ने आफ्नो भावी योजना रहेको बताएका छन।
आउँदा दिनहरूमा समेत यही शिक्षण क्षेत्रमा नै समर्पित हुने अठोट गर्दै उनि भन्छन ” शिक्षा नै सर्वमान्य हो।”
तपाइँको प्रतिक्रिया ।