जहरसिंपौवामा सर्वेश्वर महादेबको मन्दिर शिलान्यास

जहरसिंपौवामा सर्वेश्वर महादेबको मन्दिर शिलान्यास

कपन अनलाइन

काठमाडौं ,फागुन २7। धार्मिक,सांस्कृतिक तथा पर्यटकिय नगरी शंखरापुर नगरपालिकाको वडा नं ३ स्थित जहरसिंपौवामा करिव ३ करोड रुपैयाँमा बन्न लागेको सर्वेश्वोर महादेब मन्दिरको आज महाशिवरात्रीको पावन अवसरमा शिलान्यास गरिएको  छ।शंखरापुर नगरपालिकाका मेयर रमेश नापित तथा उपमेयर समिता श्रेष्ठ तथा नेपालका ख्यातिप्राप्त भागवत बाचक दिनबन्धु पोखरेलले सो मन्दिरको  एक कार्यक्रमका बिच संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो।

सो मन्दिर निर्माणका लागि यहि फागुन २१ गतेदेखी २९ सम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना समेत गरिएको छ।सो महायज्ञबाट संकलित रकमले सो मन्दिरको निर्माण गरिने शंखरापुर ३ का पुर्व वडाअध्यक्ष तथा यस मन्दिरका परिकल्पनाकार सन्त बहादुर वाईबाले बताउनुभयो। कार्यकममा शंखरापुर नगरपालिका वडा नं ३ का अध्यक्ष सन्त बहादुर वाईबा,पुर्व वडा सदस्य सड कुमार खतिवडा  बिभिन्न राजनितिक दलका नेता कार्यकर्ता तथा अन्य सामाजिक ब्यक्तित्वहरुको उपस्थिती थियो।

तपाइँको प्रतिक्रिया ।