कपन ह्याण्डबल मैदानमा नगर अधिवेसन गर्ने नेकपा एमाले बुढानिलकण्ठको तयारी

कपन ह्याण्डबल मैदानमा नगर अधिवेसन गर्ने नेकपा एमाले बुढानिलकण्ठको तयारी

कपन अनलाइन

काठमाडौं,फागुन २१।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको दोश्रो अधिवेसन वडा नं १० मा रहेको कपन ह्यान्डबल मैदानमा गर्ने तयारी गरिएको छ।

नगर कमिटीका अध्यक्ष प्रदीप डंगोलको नेतृत्वमा कपनका तिन वडाका पदाधिकारी र सदस्यहरु रहेको टोलीले आज सो मैदानको अवलोकन गरेको छ।

चैत्र १६ र १७ गते हुने अधिवेसनको उद्घाटन शत्र कपनको सो मैदानमा गर्ने तयारी गरिएको छ।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीले अधिवेसनको मिति तय गरेको छ। फागुन १९ गते चुनिखेलमा बसेको नगर कमिटीको पूर्ण बैठकले चैत्र  १६ र १७ गते अधिवेसन गर्ने मिति तोकेको थियो ।

काठमाण्डौ जिल्लामा नगर अधिवेसनको मिति तय गर्ने पहिलो नगर कमिटीका रुपमा रहेको नेकपा एमाले बुढानिलकण्ठले अधिवेसनका लागि विभिन्न उपसमितिहरु पनि गठन गरेको छ।

 

तपाइँको प्रतिक्रिया ।