बझाङमा अंश झगडामा परिवारका सात जना मारिए

घटनामा संलग्न दाजुभाई प्रहरी नियन्त्रणमा

बझाङको स्याडी गाविस वडा नम्वर ९ स्याडी गाउँमा दुई दाजुभाईको अंश झगडामा सात जना मारिएका छन् । जग्गासम्बन्धि बिबादमा दुबै दाजुभाईले एक अर्काका परिवारको सात जनाको हत्या गरेका हुन् । दाजुभाई गगन विक र वीरजीत विकले शुरु गरेको जग्गा खिचलोमा परिवारका नाबालक समेत मारिएका छन् । गगन विककी दुई वर्षिया छोरी पवित्रा, तीन वर्षिय छोरा पवन, बीरजीत विककी ३५ वर्षिया श्रीमती झाकरीदेवी, दुई वर्षिया छोरी लक्ष्मी, छोराहरु तीन वर्षिय करन, चार वर्षिय केशव र आठ वर्षिय राजेन्द्रको मृत्यु भएको प्रहरीले जनाएको छ । धारिलो घरेलु हतियार प्रयोग गरेर हत्या गरिएको प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा संलग्न दुबै दाजुभाई र गगनकी श्रीमती कुटुरी विकलाई पनि पक्रेको छ । बीरजीतको मानसिक सन्तुलन बिग्रिएको प्रहरी भनाइ छ । घटनास्थल सदरमुकाम चैनपुरबाट ७३ किलोमिटर दक्षिण पूर्वमा रहेको स्याडी गाविसको बैतडीजिल्लाको सीमामा पर्दछ । घटना हिजो सांझ ५ बजेतिर भएको थियो ।

तपाइँको प्रतिक्रिया ।