संघीयता विरोधी विरुद्ध आज जनजातिको शक्ति प्रदर्शन

काठमाडौ, २१ जेठ । संघीयतामा जान नचाहनेहरुका कारण संविधानसभा विघटन भएको निस्कर्ष निकालेको नेपाल आदिवासी जनजाति महासंघले आज देशब्यापी प्रदर्शन गर्ने भएको छ । देशैभरका जिल्लाहरु र राजधानीको मंगलबजारमा दिउँसो २ बजे जनप्रर्दशन र संघीयता विरोधिहरुको भन्डाफोर कार्यक्रम गर्ने कार्यक्रम तय गरिएको महासंघका महासचिव आङकाजी शेर्पाले जानकारी दिनुभयो । संघीयता विरोधीहरुलाई खबरदारी गर्न प्रर्दशन र भण्डाफोर कार्यक्रम गर्न लागिएको महासचिव शेर्पाले बताउनुभयो ।

 

तपाइँको प्रतिक्रिया ।