नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीले अधिवेसनको मिति तोक्यो,कहिले हुदैछ?
कपन अनलाइन
काठमाडौं, फागुन १७।
नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीले अधिवेसनको मिति तोकेको छ।
फागुन १६ गते भएको नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको सचिवालय बैठकले नगर अधिवेसनको मिति तोकेको हो।
नगर कार्यालयमा बसेको बैठकले नगर कमिटीको पूर्ण बैठकले अनुमोदन गर्ने गरी चैत्र १६ र १७ गतेलाई अधिवेसनको मिति तय गरेको छ। सो बैठकले नगर कमिटीका अध्यक्ष प्रदीप डंगोलको नेतृत्वमा अधिवेसन आयोजक कमिटी गठन गर्दै विभिन्न समितीहरु पनि गठन गरेको छ।
सो बैठकको निर्णय अनुसार चैत्र १६ गते अधिवेसनको खुल्ला शत्र हुनेछ भने १७ गते बन्द शत्र गरिनेछ। यस पटकको अधिवेसनमा हाल रहेका नगर कमिटी सदस्यहरु आयोजक कमिटीका रुपमा स्वत प्रतिनिधि बन्नेछन भने १३ वटा वडाहरुबाट पनि प्रतिनिधि चयन हुनेछन।
नगर अधिवेसनको तयारी र अन्य योजनाहरुका बारेमा छलफलका लागि नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको पूर्ण बैठक फागुन १९ गते सनिवार दिउसो १ बजे वडा नं १३ को सार पार्टी प्यालेसमा बस्ने तयारी गरिएको श्रोतले जानकारी दिएको छ।