चौैथो दिनको शान्तिपूर्ण आन्दोलन

वीरेन्द्रनगर, २८ साउन । विगत चार दिनदेखि हिंसात्मक बनेको आन्दोलन आज चौथो दिनदेखि शान्तिपूर्ण बनेको छ ।

Birendra Nagar

अखण्ड मध्यपश्चिम र सङ्घीय राजधानी सुर्खेतको माग गर्दै सुरु गरिएको आन्दोलन सोमबारदेखि हिंसात्मक बनेपछि आन्दोलन शान्त बनाउन बिहीबार बिहानैबाट दलहरुले संयुत्त mरुपमा आन्दोलनको नेतृत्व लिएका हुन् ।

बिहान स्थानीय मङ्गलगढीबाट दलहरुले संयुक्त रुपमा शान्तिपूर्ण आन्दोलन सुरु गरी कोणसभामा परिणत गरेका छन् । कोणसभामा नेपाली काँग्रेसका कावा सभापति उपेन्द्र थापाले राज्यले सुर्खेतलाई अन्याय गरेको बताउँदै प्रान्तीय राजधानी सुर्खेतमै हुनुपर्ने र मध्यपश्चिमलाई टुक्र्याउन नहुने धारणा राख्नुभयो ।

नेकपा (एमाले)का जिल्ला अध्यक्ष धुव्रकुमार शाहीले मध्यपश्चिमको आफ्नै पहिचान भएकाले टुक्र्याउन नहुने जिकिर गर्नुभयो । एकीकृत नेकपा(माओवादी)का जिल्ला अध्यक्ष नरबहादुर विष्टले आन्दोलनमा शान्त रुपमा लाग्न आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभयो ।

तपाइँको प्रतिक्रिया ।