भावना : रेणुका कुमारी महतो (कविता)

भावना : रेणुका कुमारी महतो (कविता)
कपन अनलाइन
काठमाण्डौ,फागुन ११।

झ्यालको पर्दा हटाएपछि
उज्यालो जस्तो देखिन्छ
तिमीले दिएको मुस्कान
अनुहार झल्किन्छ
धानलाइ कोट्याएपछि
सेतो चामल देखिन्छ
मान्छे जति कालो गोरो भएपनि
रगत रातो नै देखिन्छ
भैँसी जति कालो भएपनि
दुध सेतो नै दिन्छ
खुर्सानी जति हरियो भएपनि
पाकेपछि रातो नै देखिन्छ
तोरी जस्तो भएपनि फूलेपछि
पहेँलो नै देखिन्छ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।