समानता : विपीराज दाहाल (कविता)
कपन अनलाइन
काठमाण्डौ,फागुन ११।
ठूला शहरमा
गाडी छिर्न नसक्ने गल्ली हनु नै
आफ्नो सौभाग्य ठान्ने नाम्ले राज
मूल सडकमा देखिएको
मुर्दावाद–जिन्दावाद सहितको जुलुसलाई.
बेमौसमी बाजाको सँज्ञा दिँदै भन्छ––
अब त समानता आइसक्यो नि
मेरा साहु आधा पेट खान्छन्
भुँडी घटाउन
म आधा पेट खान्छु
भुँडीहरू जोगाउन ।
कारण नहेरन साथी हो––
साहुकी छोरी लाज पनि ढाक्न गार्हो पर्ने
च्यात्तिएको लुगा लगाउँछिन्
मेरी छोरी लाज ढाक्न त हो नि भनेर
च्यात्तिएकै भएपनि लुगा लगाउँछिन् ।
छैन र समानता?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।