झझल्को : मञ्जुश्री के.सी. प्रधान (लघुकथा)

झझल्को : मञ्जुश्री के.सी. प्रधान (लघुकथा)
कपन अनलाइनकाठमाण्डौ,फागुन ५।

आज बिहान बसन्त मेरो घर आई पुगे । म चिया र अमलेट पकाउँदै थिएँ । मेरो आँखाहरु एक तमासले  रोकिए । म आँखैले बार लगाउन खोजी रहेको थिएँ । तर भएन । मैले मनमनै गुनगुनाएँ । ‘आँखाबाट पस्छौं तिमी दिल चोर्न घरघरी आँखै बन्द गरी तिमीलाई थुनी दिउँकि सधैं भरी ।’

उनको अनुहारमा रगत सलवलाई रहेका थिए । अनुहार धपक्क बलेको देखिन्थ्यो । तर छिनछिनमा कमजोर पनि देखिन्थ्यो । एकछिनको सून्यतालाई चिरेर फेरि अलि नजिक आएर अडे–मैले अम्लेट खाने कि भनि प्रश्न गरे, उनले हतपत नजिकैको रिकापी उठाएर खाने सङ्केत दिँदै मेरो नजिक टाँसिए । मैले अम्लेट र चिया उनको अगाडि राखी दिएँ । म झल्यास्  बिउझिए ।
एउटा अर्को रहस्यको विश्लेषण गरेर हुर्कदै गएको वसन्त एउटा रोमान्टिक अनुभूति झैं लुकाए, छिपाए पनि देखिने, आप्mनै आँखामा काउकुती वनी सलबलाई रहेन बसन्त हर मौसम मेरो बगैंचामा आउन बाध्य भएका थिए, विना सम्झौताको प्रेमलाई कुनै दिन कसैले सोधेको थियो के साइनो छ बसन्तसँग तिम्रो ? भनेर । एकैछिन रोकिएको थियो संवेदना मेरो । अनि म झन बलियो बनेको थिए । तितर वितर हुनबाट, साँच्चै के साइनो छ र वसन्तसँग । मलाई भन्न मन नलागेको त होइन नि, उ मेरो हिजो, आज, भोलि, घाम, पानी, झरी, जाडो, गर्मी सबैं थोक अनि महत्वपूर्ण जीवन हो भनेर । म हरेक पटक वसन्त हुर्कदा हाँस्छु किनकी उ मेरो वगैंचामा हर वखत हुन्छ । किन प्रश्न गर्छन् ति मान्छेहरू वसन्त आउँदा, तिमी किन हास्छौ यदी मान्छेलाई ढुङ्गाले पनि आफ्नो कुरा सुनिदिन्छ भन्ने लाग्यो भने ढुङ्गालाई पनि सुनाउछ रे । म हरेक पटक सुन्छु तर त्यस्को प्रतिकृया तुरुन्त दिने वानी छैन, उनले भन्ने शैंलीहरू मलाई औदी मन पर्छ । ‘जीवन त एउटा सम्झौता हो ।’ साँच्ची नै जीवन त सम्झौता मात्रै हो । देख्न कति सजिलो तर पाउन गाह्रो छ । यो अनुभूति थियो सपनाको । जीवनमा वसन्तले खाली ठेगाना छोडेर प्रसङ्ग बदली दिई गयो । उनी सलल बग्दै गई रहे । सायद आज केही भन्न मन लागेर सपनी मै भए पनि आएका थिए । तर सपनीले साथ छोडी दिँदा उनले भन्ने मौका पाएनन् । उनी किन र कसरी वग्दैछन् भन्ने कुरा मैले मात्र सुनिदिने भएर होला उनी आज फुर्सतले मन खोलेर सुनाउन आएका थिए । कुरुप, डर लाग्दो, घिनलाग्दो, घृणा लाग्दो, लाजमर्दो, अनुहार मानिसले मानिस भित्र मात्र देख्न पाउछ  ।
कुनै स्वार्थी मान्छे असन्तुलीत मान्छे, मान्छेकै माँझमा मानिस कै लागि भेटिने मान्छे ईश्वर भन्दा पनि कम कहाँ होला र, जो अर्को मान्छेको लागि मरिहत्य गर्छ । मानिस बौलाउछ, भौतारिन्छ, मानिसकै लागि आत्मदाह गर्न खोज्दा हरेक पटक वसन्त आउँदा प्रश्न गर्छु तिमी के का लागि मरिरहेछौ ? किन तेरो मेरो गरेर भौतारि रहेछौ । अचम्म लाग्छ लोभ, मोह, आत्मियता देखेर अर्को मान्छेको लागि मरिहत्ते गर्नु, चाहिने भन्दा बढी मायाँ गर्छ । अस्तित्वनै नअटाउने ठाउँ बनाएर हृदयमा राख्छ आजका लागि, भोलिका लागि र पर्सीका लागि मात्र ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।