अविश्वास : श्रीप्रसाद पोखरेल (लघुकथा)

अविश्वास : श्रीप्रसाद पोखरेल (लघुकथा)

कपन अनलाइन
काठमाडौं,माघ १३ ।

‘बाङ्गो कुरा नगर । सिधा सिधा जवाफ दे’ प्रहरीले थर्कायो ।
श्रीधर दैनिक आफ्नो आय घरमै जम्मा गर्ने गथ्र्याे । श्रीधरलाई कुनै बैँक वा सहकारीमा विश्वास थिएन । कारण लुटिएको बैँकको पैसा अपराधी भेटिए पनि पैसा फिर्ता भएन न सहकारीका सञ्चालकले लुटेको पैसा कुनै सञ्चालकको नीजि सम्पत्तिबाट नै असुल उपर भयो ।
‘हवल्दार ! यसलाई हतकडी लगाउनुस्’ इन्स्पेक्टरले आदेश दियो ।
‘मेरो के अपराध छ र हतकडी लगाउछौ ?’ उसले रोष प्रकट ग¥यो ।
‘थानामा गए पछि थाहाहुन्छ के अपराध छ ?’
तिम्रा गृहमन्त्री अपराध गर्ने म थानामा बस्ने ?
यो पैसा कहाँबाट ल्याइस् भन् न त ? प्रहरी झोक्कियो
‘पानीट्याङ्कीमा पैसा राख्ने नेतालाई यो प्रश्न कहिल्यै सोध्यौ ?’ श्रीधरले प्रतिप्रश्न गर्यो  ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।