हाः लाज नै मर्नु भो : दिवाकरप्रसाद आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं,माघ १३ ।
शासकहरु शासन गर्दछन् यहाँ ।
रिमोटकन्टो्ल अरुकै छ हातमा ।
नेता कहिले न यता नत उता ।
न साधी क्यै गर्न त छैन है बुता ।
दिग्गज सबै स्वार्थी भईदिँदा यहाँ ।
उद्योग भताभुङ्ग भए नि देशमा ।
उद्योग चिनी, चर्म सिमेण्ट नासियो ।
यो देश झन् तल्तिर हेर भासियो ।
राजा एक थिए परन्तु अहिले,
राजा अनेकौ भए,
एउटै देश थियो अहो चिरिन गो,
सातमा विभाजित भए ।
एउटै देशमहा सवारी गुड्दा
पर्मिट लिनु पर्ने भो,
नेपाली भनी शान गर्नु अवता,
हाः लाज नै मर्नु भो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।