पुनर्मिलन : राजेश अधिकारी (कविता )

पुनर्मिलन : राजेश अधिकारी (कविता )

कपन अनलाइन

काठमाण्डौ ,माघ ६।

सचेष्ट सन्नाटाभित्र छिप्पिएको कालो रातमा
हुँडार र स्यालका उराठिला हुइयाँहरू सुन्दै ।

बिरहले रुँदै सुसाइरहेको खोला किनारमा
चिसो बगरे स्याँठका चाम्रा थप्पडहरू खाँदै ।

गाउँशहर भन्दा दूर आत्माहरूको बस्तीमा
एउटा पृथक र अलौकिक भूमिगत माया खोज्दै ।

मृगतृष्णाले डो¥याएको भावुक मनमन्दिरमा
अतितका मिठा प्रणयी झझल्काहरूले झस्कदै ।

भक्कानिदै गिड्गिडाउँछ एउटा बिक्षिप्त याचक
आफ्नी प्रेमिकाको चिहान अगाडि पसारो परेर ।

प्रेमासक्त दिल बोकेर भौंतारिरहेको एक सजीव आसिक
हाँफ्दै प्रेमिकाको चिहानलाई परिक्रमा गर्न थाल्छ ।

बेलगाम दिलभित्र छताछुल्ल भएको प्रेमसागरबाट
झुसी अनुरागहरू प्रेमिकाको चिहानमा अर्पिदिन्छ ।

प्रेमोद्यानबाट टिपी ल्याएका गुलावका थुँगाहरू
चिरनिन्द्रा लिएकी प्रेमिकाको चिहानमाथि चढाइदिन्छ ।

अतितका ती स्वर्णिम प्रणय पलका कल््पनामा डुब्दै
यथार्थपरक र बियोगी तीतो बर्तमानलाई भुलिदिन्छ ।

पिलपिल रुने तारा र न्याउलीको बिरहिलो रोदनसँगै
प्रेमिकालाई झक्झकाउन खोज्छ चिहानलाई छाँद हालेर ।

ब्युँझ न प्रिये ! मेरो पुकार सुनेर चिहानघरबाट बाहिर आऊ
बोल न प्यारी ! मेरो आर्तनाद सुनेर मसँग अंकमाल गर्न आऊ ।

हे प्रेमकी प्रतिमुर्ति ! मेरा भत्किएका सपनाहरू जोड्न आऊ
सजीव बनेर कहिले ठुस्किदै कहिले जिस्किदै म सामु आऊ ।

हे चिहानकी परी ! मेरा च्यातिएका चाहनाहरू टाल्न आऊ
लजालु भाकामा कहिले मस्किदै कहिले झस्किदै बाहिर आऊ ।

हे मृगनयनी ! श्वेत कफन फालेर रातो गुन्युचोलीमा सजिएर आऊ
तड्पिएर क्षतबिक्षत भएको मेरो छातीलाई सिलाउन आऊ ।

हे प्राणप्यारी ! अब त मेरो क्रन्दन सुनेर दिवार तोडेर आऊ
तिम्रै प्रेमको खातिर देहत्याग गरेको यो प्रेमीलाई भेट्न आऊ ।
दुबै परलोकी प्रेमात्माहरूको बहुप्रतिक्षित पुनर्मिलन हुन्छ
असंतृप्त अनुरागका खहरेहरूमा अनियन्त्रित बाढी आउँछ ।

समानताको सुगन्ध आउने ऐश्वर्यशाली प्रेमिलो परलोकमा
अछुतताको प्रताणनाले पिल््िसएकी नारीले आत्महत्या गर्नुपर्दैन ।

स्वतन्त्र पंक्षीझैं प्रेमको सगरमा उडिहरेका प्रेमालिन जोडीलाई
अब मत्र्यलोकीय गाउँसमाजका तगाराहरूले छेक्न सक्दैनन् ।

प्रीतिको सागरमा पौडिरहेका अतिआत्मिय आत्माहरूलाई
अबोप्रान्त भेदभावी धनीगरिवीका अंकुसेहरूले तान्न सक्दैनन् ।

वरदानरुपी सच्चा प्रेम सदा अविनाशी, अमत्र्य र अजर हुन्छ
नश्वर शरीरको पृथकित आत्मा सर्वदा चैतन्य र जीवित हुन्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।