याद आयो : समिर अधिकारी (कविता )

याद आयो : समिर अधिकारी (कविता )

कपन अनलाइन

काठमाण्डौ ,माघ ६।

याद आयो आज फेरि बालापने रमणीय बेला
साथीसंगीसित भएका ति अविस्मरणीय भेला ।

उफ्रिनु कुद्नु निश्चिन्तभइ आफैंमा रम्नु र रमाउनु
समाइ हात आपसमा गोलाकारभै घुम्नु र घुमाउनु ।

गिज्याइ घरीघरी सखीलाई हैरानपारी थकायो
रिसाउँदा उनी फेरि आफैंगई उन्लाई फकायो ।

सेरोफेरो जम्मै मेरोभन्दै जेपनि चलाउने र छुने
नपाए छुन फेरि कहाल्लिएर चिच्याउने र रुने ।

न आफ्नो पराई न बेला कुबेलाको केही ज्ञान
हरघडी बस मिठाइ अनि खेलमानै रहने ध्यान ।

हरेक कुरा जान्न र बुझ्न मनमा जिज्ञासा जागने
जिद्दीगरी आकाशका जुन तारा दे भनेर मागने ।

अबोध चञ्चल अनि निश्चलताको अनुपम मेला
बालसुलभताको थियो जुन एक अद्वितीय खेला ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।