वन : युगीन नेपाल (कविता )
कपन अनलाइन
काठमाडौं , पुस २१ ।
आयो चरा बर्बराउँदै घरमा
पुग्यो मन खुसीहुँदै वनमा ।
के चञ्चल हुन्छ यो मनमा
फेरी खुसीहुँदै गयो त्यो वनमा ।।
सिरसिर हावा मन हुन्छ हरहर
वन्यजन्तुको त्यो सुन्दर संसार ।
पानीको चक्र घुम्छ वरिपरी
जमिनले ढाडस पाउँछ उसैगरी ।।
हरियो वन नेपालको धन
जोगाउन सबैले दिनुपर्छ मन ।
जलवायु तेज सबको स्रोत वन
के काम यसको कहिलै नभन ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।