गजल : दिपक पनेरु
कपन अनलाइन
काठमाडौं , पुस २१ ।
थोरै बाँकी सासलाई सकेसम्म बढाउने छु
दुख सुख सहेरै बाँकी जिन्दगी बिताउने छु ।
सिर्फ मलममामात्रै विश्वास गर्दिन म त
मुटुलाई अझै चोट दिएर पीडा मेटाउने छु ।
साट्ने छैन आफ्नो ईमानकुनै धन सम्पत्तिसित
जे छ आफुसित त्यसैमा आफू खुशी देखाउने छु ।
लुट्ने छैन कसैको गाँस बास आँशुको लाग्छ श्राप
बजारेर आफ्नै पाखुरी दुईचार पैसा कमाउने छु ।
चाहे दागुनगोली मृत्युुदेखि डराउने छैन
हाँसीहाँसी देशको लागि यो छातीमा लगाउने छु ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।