त्रिविको उपकुलपतिका लागि दरखास्त आह्वान
कपन अनलाइन
काठमाडौं , पुस २० ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ।
उपकुलपति नियुक्त गर्ने प्रयोजनका लागि गठित सिफारिस समितिले सूचना जारी गरेर इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूलाई १० दिनभित्र शिक्षा मन्त्रालयमा आवेदन पेस गर्न भनेको हो।
उपकुलपतिका लागि स्नातकोत्तर र विद्यावारिधी तहको शैक्षिक योग्यता, विश्विवद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तिमा तीन वर्ष काम गरेको हुनुपर्नेछ।
दरखास्त दिँदा बढीमा तीन हजार शब्दमा विश्वविद्यालय सम्बन्धि सोचपत्र र पाँच हजार शब्दमा चार वर्षे कार्ययोजना बुझाउनुपर्ने छ।
तपाइँको प्रतिक्रिया ।