चुनिखेलमा २१ गते नेकपा एमालेको अधिवेसन : अध्यक्षमा धर्म श्रेष्ठ !

चुनिखेलमा २१ गते नेकपा एमालेको अधिवेसन : अध्यक्षमा धर्म श्रेष्ठ !

कपन अनलाइन

काठमाडौं , पुस २० ।

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १३ कमिटीको अधिवेसन पुस २१ गते सनिवार हुने भएको छ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा हुने सो अधिवेसन वडा नं १३ को चुनिखेल चौरमा बिहान १० बजेबाट शुरु हुने आयोजकले जानकारी दिएको छ।

वडा नं १३ चुनिखेलको अधिवेसन नजिकिए संगै नेतृत्व चयनको विषय पनि चर्चामा रहेको छ।  वडा नं १३ कमिटीका अध्यक्ष टिका नारायण श्रेष्ठ वडा अध्यक्षमा निर्वाचित भए संगै चुनिखेलमा नयाँ नेतृत्व चयन हुनेछ।

वडा नं १३ कमिटीमा  लामो समय देखि सचिव रहेका धर्म श्रेष्ठको सम्भावना रहेको चर्चा एमाले वृतमा व्यापक बनेको छ। संचार ,संगठन र सामाजसेवाको क्षेत्रमा प्रभावकारी काम गरेका श्रेष्ठले मंगल दास श्रेष्ठ र टिका नारायण श्रेष्ठको नेतृत्वमा रहेर सचिवको भूमिका निर्वाह गरेका थिए।

यस अघि नेकपा एमाले बुढानिलकण्ठ २,१० र १२ को अधिवेसन सम्पन्न भैसकेको छ ।नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं २ को अध्यक्षमा सुशील लामिछाने ,वडा नं १० को अध्यक्षमा शम्भु शरण पौडेल र वडा नं १२ को अध्यक्षमा शंकर प्रसाद भट्टराई निर्वाचित भएका छन ।

तपाइँको प्रतिक्रिया ।