महालक्ष्मी पालिकास्तरीय जुडो शनिबार हुने
कपन अनलाइन
काठमाडौं , पुस २० ।
महालक्ष्मी नगरपालिका वडा ७ को आयोजनामा पालिकास्तरीय प्रथम वडा अध्यक्ष कप उपत्यकाव्यापी जुनियर तथा क्याडेट जुडो प्रतियोगिता शनिबार हुने भएको छ ।
प्रतियोगितामा उपत्यका ९ पालिकाबाट १ सय ३० खेलाडीको सहभागिता रहने आयोजक वडा ७ का अध्यक्ष बाबुराजा महर्जनले जनाएका छन् । ललितपुर र काठमाडौं महानगरपालिका तथा महालक्ष्मी, कीर्तिपुर, नागार्जुन, टोखा, कागेश्वरी मनोहरा, सूर्यविनायक र मध्यपुर थिमी नगरपालिको सहभागिता रहने छ ।
पुरुष÷महिलामा समान ९–९ गरी जम्मा १८ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । एकदिने प्रतियोगिताका खेलहरु वडा ७ स्थित हाम्रो पाठशालामा खेलाइने छ ।
तपाइँको प्रतिक्रिया ।