पुसमा पसिना : छायादत्त न्यौपाने बगर ( लघुकथा)
कपन अनलाइन
काठमाण्डौ,पुस १४।
नातिले सोधे–हजुरबाहजुरबा ! तपाईंदेखि सुरु भएर सरकारी भान्सासम्मको तरकारी विदेशी, शिरपाउपोस विदेशी, छुरा विदेशी, योजनाविदेशी, नीतिनिर्देश विदेशी, कुरा मात्र स्वदेशीयसो गरेर पनि देशप्रेमी भइन्छ ?
नातिको तर्कले मलाई कहाँ पु¥यायो कतिमाथिबाट कहाँखसाल्यो ? कसरी भनुँ, कसलाई सुनाऊँ?
म अवाक् भई यताउता छटपटिएको देखेर उनैले थपे– हाम्रो देश सुन्दर छ, उर्वर छ, हावापानीअनुकूल छ भनेर भजनगाउने उत्पादन केहीनगर्ने ?भएको उत्पादनप्रयोग नगर्ने,
देशप्रेमी कविताखुब पढ्ने ! यसैलाई हो र हजुरबा देशप्रेम भन्ने ?
म फोनआएको निउपारेर कोठाबाट बाहिर निस्कन के खोजेको थिएँपत्तो पाइहाले नातिले –पर्खनुहोस् भागेर कहाँ जानुहुन्छ ? अरु सुन्नुहोस्, संस्कार संस्कृतिविदेशीमान्ने ! भाषामा उतैका शब्दमिसाएर के केन सभ्यहुँ भन्ठान्ने र अरुले पनि त्यै पत्याइदिने, पत्याइदिनुपर्ने ?
केहीसीपलागेन – मजस्ता बुढाबाट यस्तै मास्ने मासिने कामभयो । यी पुरानिएका मान्छेबाट देश बनेन् । अब कम्मर कसेर सुझबुझका साथयुवाहरू अघि बढ म तिमीहरूको साथ छु भन्दिएको बल्लदलिनतिर हेर्न थाले, मैले पसिना पुसेँ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।