पुस १४ गते सनिवार नेकपा एमाले बुढानिलकण्ठ-१० को अधिवेसन,को बन्ला अध्यक्ष ?
कपन अनलाइन
काठमाण्डौ,पुस ११।
नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अधिवेसन पुस १४ गते सनिवार हुने भएको छ।
बुढानिलकण्ठ नगरपालिकाको सबैभन्दा ठुलो वडाका रुपमा रहेको वडा नं १० ले आगामी सनिवार १० बजे हुने सो अधिवेसनको तयारीलाई तीव्रता दिएको आयोजकले जानकारी दिएको छ ।
वडा नं १० मा रहेको कार्की इभेन्ट्समा हुने सो अधिवेसनमा साविक कपन गाविस वडा नं ३ र हाल वडा नं १० बाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्ने तयारी गरिएको छ ।
नेपालका जुनसुकै तहमा पनि निर्वाचित भएर वडा नं १० मा बसोवास गर्ने जनप्रतिनिधिहरुलाई सम्मान गर्ने तयारी गरेको वडा नं १० कमिटीले पुस ९ गते भित्र सम्पर्क गरी नाम दर्ता गर्नका लागि सबै जनप्रतिनिधिहरुमा अनुरोध समेत गरेको छ ।
अधिवेसनको मिति नजिकिदै गर्दा वडा नं १० को नेतृत्व चयनको विषयले पनि निकै चर्चा पाइरहेको छ भने विभिन्न नेताहरुले आगामी नेतृत्वका लागि दौडधुपलाई तीव्रता दिएका छन।
उक्त वडा कमिटीको अध्यक्षका लागि हालका उपाध्यक्ष कमला कार्की ,सचिव शम्भु शरण पौडेल र उपसचिव नवराज देउजा दौडमा रहेका छन ।