सार्वजनिक जग्गा संरक्षणका लागि नेकपा एमाले बुढानिलकण्ठ-११ को नगरपालिकालाई ज्ञापन पत्र
कपन अनलाइन
काठमाडौं, पुस ७ ।
नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ कमिटीले वडामा रहेको ४० रोपनी सार्वजनिक जग्गा सहित अन्य सार्वजनिक सम्पतिको संरक्षणकालागि बुढानिलकण्ठ नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ।
नेकपा एमाले बुढानिलकण्ठ -११ को टोलीले नगर प्रमुख मिठाराम अधिकारीलाई ज्ञापनपत्र बुझाउदै नगरपालिकामा रहेका सार्वजनिक जग्गा र अन्य सम्पतिहरुको संरक्षण गर्नका लागि सक्रिय पहल गर्न आग्रह गरेको हो।
वडा नं ११ कमिटीले साविक कपन गाविस वडा नं ७ मा रहेको करिव ४० रोपनी सार्वजनिक जग्गा व्यक्ति /संस्थाले हालसाविक गरेर अपचलन गरेको समाचार संचार माध्यममा प्रकासित भए संगै नापी कार्यालय चावहिललाई पत्र बुझाउदै सत्य तथ्य छानविनको माग समेत गरेको छ।
तपाइँको प्रतिक्रिया ।