उद्धार गरिएका बालकहरु अभिभावकको जिम्मामा

उद्धार गरिएका बालकहरु अभिभावकको जिम्मामा

कपन अनलाइन
काठमाडौं, पुस ७ ।

सामुदायिक विकास तथा सचेतना नेपाल र ग्रामीण विकास केन्द्र रौतहटले समन्वयमा विभिन्न प्रलोभनमा बालश्रम गर्न भारत पुगेका ८ जना बालाबालिकाको उद्धार गरि अभिभावकको जिम्मा लगाइएको छ ।

ग्रामीण विकास केन्द्र, रौतहट र सामुदायिक विकास तथा सचेतना नेपाल, मकवानपुरले, राष्ट्रिय बाल अधिकार परिषद र मिसन रेसक्यू अपरेशन इन्डीयाको समन्वयमा बालकहरुलाई नेपाल ल्याएको हो । उद्धार गरि ल्याइएका बालकहरुको आज शनिबार (चैत ७ गते) नै जिल्ला प्रहरी कार्यालय गौरमा एक कार्यक्रम गरि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख, र राष्ट्रिय बाल अधिकार परिषदको प्रतिनिधि लगायतका सरोकार वालाहरुको रोहवरमा अभिभावकको जिम्मा लगाएको सामुदायिक विकास तथा सचेतना नेपालका सचिव अनन्त बानियाँले बताए । उद्धार गरेका बालकहरु सवै रौतहटका छन भने जसमध्य राजपुर नगरपालिकाका २ जना, स्नाथ नगरपालिका २ जना, दुर्गा भगवती गाँउपालिकाका २ जना र गढीमाई नगरपालीकाका २ जना छन ।

बालकहरु ६ देखि ८ महीना पहिले विभिन्न प्रलोभनमा परि चिनजानका आफन्तहरुबाट नै भारत पुगेका थिए । उनीहरुलाई मुम्बइको नागपाडा क्षेत्रमा रहेको व्याग पसलमा बालश्रम गरिरहेको अवस्थामा मिसन रेसक्यू अपरेशन इन्डीयाले भारतीय प्रहरीको सहायतामा गत अगस्टमा उद्धार गरेको थियो । ग्रामीण विकास केन्द्र रौतहटका प्रतिनिधि कुमारी ममता झा र सामुदायिक विकास तथा सचेतना नेपालको कार्यकारी निर्देशक दिलिप कोइराला, सचिव अनन्त बानिया भारतको मुम्बई पुगी बाल कल्याण समीति मुम्बई शहर-२ र महिला तथा बालबालिका विभागसँग छलफल तथा समन्वय गरि बालकहरुलाई नेपाल सम्म ल्याई अभिभावकको जिम्मा लगाएका हुन ।

१७ वर्ष मुनिका बालबालिहरुलाई १२ देखि १८ घण्टासम्म काममा लगाउने र काम गरे बापतको पैसा माग्दा रेल स्टेशनमा ल्याएर छोड्ने जस्ता शोषणबाट पिडीत रहेको एक बालक बताउछन । ६ महीना अघि देखि घरमा खबर नगरि सम्पर्क विहीन भएको छोरालाई खोजि गर्दै १ महीना अघिमात्र भारतको बालगृहमा छ भन्ने खबर पाएका एक अभिभावक नुसरत बेगम छोरालाई भेट्दा खुसी हुदै अव घरमै राखेर पढाउने २५ वर्ष नपुगेसम्म बाहीर काममा नपठाउने बताउछीन ।

सामुदायिक विकास तथा सचेतना नेपालका कार्यकारी दिलीप कोइरालाका अनुसार अझै भारतका विभिन्न बालगृहमा नेपालका बालश्रममा परेका ६ बालकहरु रहेको र उनीहरुलाई नेपाल फर्काउन कागजी प्रक्रीया पुरा गर्ने काम जारी रहेको र यथासक्के चाडो नेपाल फर्काउने बताउछन ।

तपाइँको प्रतिक्रिया ।