कबालाई शुभकामना : रामचन्द्र दाहाल (कविता )

कबालाई शुभकामना : रामचन्द्र दाहाल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर ३०।

कबाको सयपाँच् अङ्क सुन्दा छक्क परेँ मत
समय बगेछ पानी गतिले खोलाझैँ यता
ईमान आँटले खेल खेल्थ्यो हिड्थ्यो उता तर
दुख्खैले पथमा हिड्थ्यो कलिला पद लर्खर ।

छापी शुल्कमा हिड्छ निशुल्कहो त्यो वितरक
बाटो हिड्ने सिधैआफ्नो कबा एक निरन्तर
कर्मको रेखामा कुद्छ फस्तैन रतिजाममा
चुलीमा टेक अग्लेर कबा एक् शुभकामना !

विशुद्ध साहित्य यात्रा शुद्धैमा छ सदाशय,
लालसाधनमा छैन, कर्तब्य निष्ठामा छय
बोटमा भाग्य फल्दैन, श्रममा फल्दछ फल
खहरे जति छल्किओस कहा  भेटिन्छ निर्मल ।

कबाको बाटो बेग्लैछ बेग्लैछ साधुको पन
कबाको पथमा हिड्ने कबाझै छ त को भन
छन्द बन्द भताभुङ्ग छन्द भङ्गछ राममा
शैल चड्ने कबा एक सय पाँच् शुभकामना ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।