छुट्टाछुट्टै अधिवेसन उद्घाटन शत्र गर्ने कपनका तिन कमिटीको निर्णय,कुन कुन मिति तय भयो ?

छुट्टाछुट्टै अधिवेसन उद्घाटन शत्र गर्ने कपनका तिन कमिटीको निर्णय,कुन कुन मिति तय भयो ?

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर २०।

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १० ,११ र १२ वडा कमिटीहरुले अधिवेसनको मिति तय गरेका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा भएको तिन वटा कमिटीका पदाधिकारीहरुको संयुक्त बैठकले अधिवेसन छुट्टाछुट्टै  उद्घाटन शत्र गर्ने गरी अधिवेसनको मिति तय गरेका हुन्।

कपनका तिन वटा कमिटीहरुको संयुक्त उद्घाटन शत्र गर्न माथिल्लो कमिटीले निर्देशन दिएको चर्चा चलिरहेको समयमा सो संयुक्त बैठकले तिन वटै वडा कमिटीहरुले बेग्लाबेग्लै समयमा अधिवेसनको आयोजना गर्ने निर्णय गर्दै मिति तय गरेका हुन्।

उक्त संयुक्त बैठकको निर्णय अनुसार वडा नं १० ले पुस १४ गते ,वडा नं ११ ले पुस २८ गते र वडा नं १२ ले मङ्सिर ३० गते वडा अधिवेसन गर्ने निर्णय गरेका छन।

२०७८ सालमा नेकपा एमालेका पोलिट ब्युरो सदस्य कृष्ण राईले सबै वडाले फरक फरक कार्यक्रम गर्न दिएको निर्देशनलाई पालना गर्दै पछिल्लो समय संयुक्त उद्घाटन शत्र गर्नुपर्ने माथिल्लो कमिटीको निर्देशन मान्न नसकिने निस्कर्ष सहित अधिवेसनको मिति तय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराई ,वडा नं ११ का अध्यक्ष राजु अधिकारी र वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईको उपस्थितिमा भएको सो बैठकमा तिन वटै वडाका पदाधिकारीहरुको सहभागिता रहेको थियो।

नेकपा एमाले वडा नं १२ कमिटीका अध्यक्ष शंकर प्रसाद भट्टराईको अध्यक्षतामा बसेको सो संयुक्त बैठकमा वडा नं १० कमिटीकी कार्यबाहक अध्यक्ष कमला कार्की ,वडा नं ११ का अध्यक्ष कृष्ण भट्टराई ,वडा नं १११ का उपाध्यक्ष प्रकाश कटवाल , वडा नं १२ का उपाध्यक्ष राजेन्द्र पुडासैनी , वडा नं १०  का सचिव शम्भु शरण पौडेल, वडा नं ११ का सचिव अंगुर पौडेल ,वडा नं १२ का सचिव विष्णु प्रसाद भट्टराई , वडा नं १० का सह सचिव नवराज देउजा, वडा नं १२ का उपसचिव खडानन्द लुइँटेलको उपस्थिति रहेको थियो।

 

तपाइँको प्रतिक्रिया ।