अवैधरूपमा औषधि बिक्री गर्ने बुढानिलकण्ठ नगरपालिका वडा नं १० को  एक फार्मेसीमा शिलबन्दी

अवैधरूपमा औषधि बिक्री गर्ने बुढानिलकण्ठ नगरपालिका वडा नं १० को  एक फार्मेसीमा शिलबन्दी

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर २०।

औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधि बिक्री गर्ने बुढानिलकण्ठ नगरपालिका वडा नं १० को  एक फार्मेसीलाई शिलबन्दी गरेको छ ।

विभागको टोलीले कपन क्षेत्रका औषधि पसलबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा मङ्गलबार नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा गरेको बजार अनुगमनका क्रममा अवैधरूपमा औषधि बिक्री वितरण गर्ने  लाइफ केयर फर्मालाई शिलबन्दी गरेको हो ।

बुढानीलकण्ठ क्षेत्रका चारवटा औषधि पसल अनुगमन गर्दा अवैधरूपमा औषधि बिक्री  गर्ने लाइफ केयरमा शिलबन्दी गरिएको बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराईले जानकारी दिएका ।

विभागको टोलीले उक्त पसलबाट विभिन्न ३६ प्रकारका औषधिसमेत बरामद गरेको छ । टोलीले ओखलढुङ्गा फर्मा, जेन्स हेल्थ केयर सेन्टर र सुर्याम्स फार्मेसीलाई सचेत गराएको प्रवक्ता ढुङ्गेलले बताए ।

तपाइँको प्रतिक्रिया ।