अधिवेसनले तात्यो एमाले कपन : सचिवपछि उपाध्यक्षहरुको संदेशपूर्ण तस्विर ….

अधिवेसनले तात्यो एमाले कपन : सचिवपछि उपाध्यक्षहरुको संदेशपूर्ण तस्विर ….

कपन अनलाइन

काठमाडौं, मंसिर १८।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० ,११ र १२ कपनका वडा कमिटीहरु अहिले वडा अधिवेसनको तयारीमा रहेका छन।

अधिवेसनको राप बढ्दै गएको समयमा स्थानीय तहको निर्वाचनमा निर्णायक मत रहेका कपनका वडाहरुमा अहिले नेतृत्व निरन्तरता की नयाँ चयन भन्ने विषयको बहस शुरु हुँदा कपनका तिन उपाध्यक्षहरुले सामाजिक संजालमा राखेको तस्विर निकै चर्चित बनेको छ।

कपनका तिन वडा कमिटीका सचिवहरु एक ठाउमा रहेको तस्विरको चर्चा सेलाउन नपाउदै उपाध्यक्षहरुले पनि एक ठाउमा उभिएर राजनीतिक संकेत दिन खोजेको चर्चा अहिले राजनीतिक वृतमा चलेको छ।

आगामी नेतृत्वका दावेदार रहेका उपाध्यक्ष र सचिवहरुले तस्विर मार्फत भावी नेतृत्वमा दावी गर्न सक्ने संकेत दिएको हुनसक्ने एक बुद्दिजीवीले बताएका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० की उपाध्यक्ष कमला कार्की , वडा नं ११ का उपाध्यक्ष प्रकाश कटवाल र वडा नं १२ का उपाध्यक्ष राजु पुडासैनी रहेका छन।

कपनका तिन सचिवले आसन्न अधिवेसनमा नेतृत्व दावी गर्लान वा माथिको फर्मान अनुसरण गर्लान त्यो भने आगामी दिनले देखाउने एक बुद्धिजीवीले बताएका छन।

तपाइँको प्रतिक्रिया ।