रास्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा रिलायन्स इन्टरनेसनल एकेडेमीको “क्लिन स्विप”

रास्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा रिलायन्स इन्टरनेसनल एकेडेमीको “क्लिन स्विप”

कपन अनलाइन

काठमाडौं, मंसिर १८।

अन्तर्राष्ट्रिय अपांग दिवसको उपलक्ष्यमा नेत्रहीन युवा संघले आयोजना गरेको रास्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा रिलायन्स ईन्टरनेसनल एकेडेमी (+२) विङ्स अन्तर्गतकातिन बिध्यार्थीले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन ।

कक्षा १२ व्यबस्थापन संकायकी छात्रा दिपिका ढुंगाना प्रथम, कक्षा ११ व्यबस्थापन संकायकै सङगम कार्की द्वितीय र कक्षा ११ बिज्ञान संकायकी छात्रा कृति पोखरेलले तृतिय स्थान हासिल गर्दै क्लिन स्विप गर्न सफल भएका हुन्।

उनीहरुले नगद पुरस्कार क्रमशः रु. १००००,७०००० र ५००० प्राप्त गरी कलेजलाई ऐतिहासिक सफलता दिलाएका हुन्। नियमित रुपमा विभिन्न रचनात्मक गतिविधि संचालन गर्दै आएको एकेडेमीले अन्य प्रतियोगिताहरुमा पनि सफलता प्राप्त गरिरहेको छ।

तपाइँको प्रतिक्रिया ।