वृद्ध  : प्रेम पुन मगर (लघुकथा)

वृद्ध  : प्रेम पुन मगर (लघुकथा)
कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर १६।

‘उफ् आइपुग्यौ प्रमिला ! मेरो त हालतै खराब भयो ।’ शान्तिको सास् तान्दै प्रमोदले भने ।

आज श्रीमानको बिदा थियो । त्यसैले अठासी बर्षे ससुरा र तीनवर्षे छोरा उनको भरमा छोडेर उनीमन्दिर गएकी थिइन् ।
प्रमिला चुपचाप वस्त्र फेरेर भान्सातिर पस्दै शान्तभावमा भनिन्, ‘तपाईंको भनाइको तात्पर्य के हो ?मलाई थाहा छ ।’
रिसाएका प्रमोदले एकै सासमा बोले ।  ‘बाले पनि कति दुःख दिन सकेका, छोराले सताएको बेलामा झन् कहिले के कहिले के मागिरहने ..?’
‘बुढेसकालको सहारा होला भनेर नै उहाँले हजुरलाई यस लायक बनाउनु– भयो । हो कि होइन ?’ प्रमिलाले उनलाई शान्त रहनआग्रह साथै प्रश्नगरिन् ।
‘हो, तर पाको उमेरको मान्छेले त हाम्रो समस्या बुझिदिए पनि हुने नि ।’  प्रमोदले अझै थपे।
‘उहाँले बुझ्नुपर्छ  र ?हामीले बुझे भैगो नि ।’ प्रमिला अझै शान्त भावमा बोलिन् । प्रमोदले प्रश्न गरे । ‘हामीले  के बुझ्ने ?’
प्रमिलाले भनिन्, ‘यही कि अति वृद्ध र सानाबालकमा केही  फरक छैन ।’
सहयात्रा : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।