आशक्ति : रमेन्द्र कोइराला (लघुकथा)

आशक्ति : रमेन्द्र कोइराला (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर १६।
‘पशुपतिनाथ पुगेर आयौ, एउटा कुरा सोधूँ ?’ लोग्नेले भन्यो ।
‘सोध्नु न !’ स्वास्नीले उत्सुकता देखाई ।
‘ल, एक मिनेटसम्म आँखा चिम्ल त । तिम्रो नजरमा को आउँदो रहेछ ?’
उसले लोग्नेको आशय बुझी । आँखाचिम्ली । तर जति प्रयास गर्दा पनि उसको नजरमा लोग्नेको अनुहार आउँदै आएन ।
एकमिनेट पछि लोग्नेले सोध्यो– ‘कसको अनुहार देख्यौ ?’
उसले झुट बोली– ‘महादेवको !’
    ‘अनि?’ लोग्ने उत्सुक भयो ।
अझैसम्म उसको नजरमा लोग्नेको अनुहार आएन । बरु त्यै गुन्डो आइ– रह्यो । तर सरासर झुट बोली– ‘हजुरको !’
सहयात्रा : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।