गजल : दिपक पनेरु
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर १६।
बिहान फूलसँग हुन्छु म रातमातारासँग
जिन्दगीबिताउँदैछु खेल्दै यिनै नजारासँग ।
पतझड हुन सकें न त बेजान पत्थर नै भएँ
बनेर नदीको छाल ठोक्कि रहेछु किनारासँग ।
हुन्न भर आज हो कि भोली मरीजाने दुई चोलाको
के गरुँगुनासो अब साथ छोडी जाने सहारासँग ।
कोलाहट सुन्नु छैन शहरिया भिडभाडको
एकान्तमा बसी गर्छु बात बतासको ईशारासँग ।
सबैलाई हुन्छ प्यारो उही गगनको चाँदनी
मैले लाएको छु प्रितत्यो दुरको सितारासँग ।
सहयात्रा : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।