रिलायन्स साहित्य समाजले राष्ट्रव्यापी वक्तृत्वकला आयोजना गर्ने,मावितहका विद्यार्थीले भाग लिन पाउने

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर १३।

रिलायन्स साहित्य समाजले माध्यमिक विद्यालय स्तरिय राष्ट्रव्यापी वक्तृत्वकला आयोजना आयोजना गर्ने भएको छ । प्रतियोगितामा देशभरका कक्षा ९–१२ का विद्यार्थीले सहभागिता जनाउन सक्नेछन् ।

महाकवि लक्ष्मी प्रसाद देवकोटाको स्मृतिमा वर्षेनी आयोजना गर्दै आएको ‘देवकोटा स्मृति राष्ट्रव्यापी अन्तर माविस्तरीय वक्तृत्वकला’ प्रतियोगिताको चौधौं संस्करण आयोजना गर्न लागेको हो । प्रतियोगिता आगामी मंसिर २९ र ३० गते आयोजना हुनेछ ।

‘महाकवि देवकोटाको ‘प्रश्नोत्तर’ कविताबाट आजका मानिसले लिनुपर्ने प्रेरणा’ शीर्षकमा हुने  वक्तृत्वकला प्रतियोगितामा देशभरका कक्षा ९–१२ मा अध्ययनरत विद्यार्थीहरु सहभागी हुन पाउने भएपनि एउटा विद्यालयबाट एकजना मात्रै विद्यार्थी(छात्रा वा छात्र)सहभागी हुन पाउने  छन ।

प्रतियोगितामा सहभागी हुन चाहने विद्यार्थीहरूले आगामी मंसिर २७ गतेसम्ममा नाम दर्ता गराइसक्नुपर्नेछ । नाम दर्ताका लागि प्रति विद्यार्थी रु. ५ सय  शुल्क लाग्नेछ ।

पहिलो दिन मंसिर २९ गते पहिलो चरणअन्तर्गत सहभागीहरुमध्येबाट उत्कृष्ट ५ वक्ता छनोट गरेर  दोस्रो दिन उत्कृष्ट पाँच वक्ताहरूको प्रतिस्पर्धा गराई विजेताको अन्तिम टुंगो लगाइने छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थी तथा सम्बन्धित विद्यालयलाई एक भव्य समारोहका बिच विशिष्ट अतिथिहरू बाट नगदसहित आकर्षक शिल्ड/ट्रफी, मेडल, प्रमाणपत्र र अन्य पुरस्कारद्वारा पुरस्कृत गरिनछ । थप दुई वक्ताहरूलाई प्रोत्साहन स्वरुप सान्त्वना पुरस्कार तथा प्रमाणपत्र साथै, अन्य सबै सहभागी वक्ता र विद्यालयहरूलाई सहभागिताको प्रमाणपत्र दिइनेआयोजकले जानकारी दिएको छ  ।

रिलायन्स साहित्य समाजले निम्न सम्पर्क नम्बरहरुमा (९८५१०८७६३५, ९८५१०१५०२४, ०१—४८१०५२९,४८११५५२)सम्पर्क गरी विस्तृत जानकारी लिन तथा सहभागिताका लागि नाम दर्ता गर्न सकिने छ ।

 

तपाइँको प्रतिक्रिया ।