‘द गोकर्णेश्वर ग्राण्ड फेसन एण्ड कल्चरल शो–२०२३’ हुने

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर ८।

“द गोकर्णेश्वर ग्राण्ड फेसन एण्ड कल्चरल शो २०२३” मंसिर ११ गते पिस ब्यांकेटमा हुने भएको छ । गोकर्णेश्वर नगरपालिकासँगको सहकार्य तथा ट्रेबल फेसन कन्सर्न प्रा.लि.को आयोजनामा हुन गइरहेको फेसन शो मंसिर ११ गते सोमबार ४ बजे जोरपाटीमा रहेको पिस ब्यांकेटमा हुनेछ ।

शोमा विविध सांगीतिक प्रस्तुति, नृत्यका साथमा धिमे बाजाको तालमा क्याटवाक तथा मोडलहरुले शो देखाउने इभेण्ट म्यानेजर तथा कोरियोग्राफर शैलेन्द्र कुमार श्रेष्ठले बताउनु भयो । लिटिल आईडल नेपाल २०१९ र २०२२ का कन्टेस्टेण्टहरुले पनि शो देखाउने छन् । आज बिहिवार सहभागी  मोडलहरुको फोटोसेसन हुनेछ ।

शोको प्रमुख अतिथी संघीय सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसे, विशेष अतिथीमा नगर प्रमुख दीपक रिसाल, सान्नानी लामा रहनु भएको छ भनें गायक/ड्रमर देव राणा, हास्य कलाकार राजाराम पौडेल, जितु नेपाल, तेक्वान्दोका राष्ट्रिय प्रशिक्षक मीन न्यौपाने लगायतको आतिथ्यता रहने छ ।

शोमा बेस्ट मोडडले क्राउन पाउने छन् भनें बेस्ट मोडल/अवार्ड, बेस्ट ड्रेस, बेस्ट फोटोजेनिक, बेस्ट क्याटवाक विधा रहने छन् । शोको को–अर्डिनेटर राजु श्रेष्ठ र असिस्टेण्ट फेसन कोरियोग्राफर लसता महर्जन रहेका छन  ।

‘द गोकर्णेश्वर ग्राण्ड फेसन एण्ड कल्चरल शो–२०२३’ले सहभागिहरुको व्यक्तित्व विकास, रचनात्मक क्षमताको उजागर तथा सांस्कृतिकताको संरक्षण, प्रवद्धर्न गर्ने इभेण्ट म्यानेजर तथा कोरियोग्राफर शैलेन्द्र कुमार श्रेष्ठले बताएका छन  ।

 

तपाइँको प्रतिक्रिया ।