LEADS NEPAL ले मङ्सिर ९ गते एसइइ अभिमुखीकरण कार्यक्रम गर्ने

LEADS NEPAL ले मङ्सिर ९ गते एसइइ अभिमुखीकरण कार्यक्रम गर्ने

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर ७ ।

शैक्षिक क्षेत्रको  विकासमा सक्रिय रहेको संस्था  LEADS NEPAL ले मङ्सिर ९ गते एस इ इ अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ।

संस्थाका अध्यक्ष विष्णुचन्द्र अधिकारीको अध्यक्षतामा मङ्सिर २ गते बसेको बैठकले  विद्यार्थी केन्द्रीत  सचेतना ( SEE Orientation 2080) गर्ने निर्णय गर्दै सहभागिताका लागि सम्पूर्ण सदस्य विधयालयहरुलाई अनुरोध गरेको छ।

मङ्सिर ९ गते बुढानिलकण्ठ नगरपालिका वडा नं ९ मा रहेको नेसनल युनाइटेड स्कुलमा ९ बजे देखि शुरु हुने सो कार्यक्रममा  उत्कृस्ट ५  विद्यार्थीहरुसहित एक जना जिम्मेवार शिक्षक (भाइस प्रिन्सिपल्/ कोर्डिनेटर) सहाभागी हुने आयोजकले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।