बुढानिलकण्ठमा हरिबोधनी एकादशी मेलाको तयारी पुरा,लाखौ भक्तजनले दर्शन गर्ने अनुमान

बुढानिलकण्ठमा हरिबोधनी एकादशी मेलाको तयारी पुरा,लाखौ भक्तजनले दर्शन गर्ने अनुमान

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर ६।

बुढानीलकण्ठ मन्दिरमा मंसिर ७ गते देखि ११ गते सम्म विशेष ‘हरिबोधनी एकादशी’ (तुलसी विवाह) मेला पर्व सन्चालन हुने जानकारी दिइएको छ ।नगरपालिकाले आज पत्रकार सम्मेलन आयोजना गरि मेलाको लागि सम्पूर्ण तयारी सकिएको जानकारी दिएको हो  ।

कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी, एकादशी वा तुलसी विवाहको नामले समेत प्रसिद्ध यस दिन विशेष गरी विष्णु भगवानको पूजा अर्चना सहित तुलसी विवाहको उत्सव मनाइन्छ ।सनातन धर्म अनुसार आषाढ शुक्ल एकादशी देखि सुतेर भगवान् विष्णु चार महिनापछि आफ्नो निन्द्राबाट यही पवित्र दिनमा उठेको मानिन्छ।

परापूर्वकाल देखिनै निरन्तर रुपमा प्रत्येक वर्ष बुढानीलकण्ठ मन्दिरमा एकादशीदेखी पूर्णिमासम्म गरि पाँचदिनसम्म मन्दिर परिसरमा विशेष पूजा, प्रार्थना र दर्शनका लागि देशभरिबाट लाखौं भक्तजनहरुको उपस्थिति रहने हुनाले यस समयलाई स्थानीयवासीले भव्य उत्सव तथा पर्वका रुपमा मनाउँदै आएको पाइन्छ ।

बुढानीलकण्ठ नगरबासीले यस मेलालाई विशेष महत्वका साथ मनाउने भएकोले हरिबोधनी एकादशीको दिन बुढानीलकण्ठ नगरपालिकाद्वारा स्थानीय बिदा समेत घोषणा गरि बिदा दिने गरिएको छ ।

मेला व्यवस्थापनका लागि नगर प्रमुख  मिठाराम अधिकारीको संयोजकत्वमा १००१ सदस्यीय मूल व्यवस्थापन समिती

 यी हुन्  १३ वटा विषयगत उपसमितिहरु :

१.  अनिता लामा, उपप्रमुखः अनुगमन तथा अतिथि सत्कार उपसमिति, संयोजक

२.  विकास तामाङ्ग लामाः मेला सञ्चालन तयारी उपसमिति, संयोजक

३. योगराज खतिवडाः शान्ती सुरक्षा उपसमिति, संयोजक

४ .  स्वामी निगमानन्दः पुजा व्यवस्थापन उपसमिति, संयोजक.

५.  आकाश धितालः आर्थिक तथा बजार व्यवस्थापन उपसमिति, संयोजक

६.  कृष्ण प्रसाद लामिछानेः स्वयंसेवक उपसमिति, संयोजक

७.  कुमार प्रसाद दाहालः स्वास्थय उपसमिति, संयोजक

८.  गोपाल कार्कीः यातायात व्यवस्थापन उपसमिति, संयोजक

९. सुशिला कठायतः सरसफाई उपसमिति, संयोजक

१०.  महेश श्रेष्ठः प्रचार प्रसार उपसमिति, संयोजक

११.  लक्ष्मण खङ्काः स्थान व्यवस्थापन उपसमिति, संयोजक

१२. उत्तम पौडेलः सचिवालय सजालन उपसमिति, संयोजक

१३.  गंगालाल महर्जन नगर स्काउट परिचालन उपसमिति, संयोजक

मेलालाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि निम्नानुसारको व्यवस्थापन गरिएको छ ।

क. सार्वजनिक यातायात मन्दिरको मूल गेट (बसपार्क। बाटै फर्किने व्यवस्था गरिएको छ ।

ख. रिजर्भ साना, ठूला यातायातका साधन तथा निजि सवारीहरुलाई विष्णुमतितर्फ पठाउने व्यवस्था गरिएको छ ।

ग. मेला अवधिभर सुरक्षाका लागि बुढानीलकण्ठ प्रहरी प्रभाग, नगर प्रहरी, सामुदायिक प्रहरी, नगरस्काउट विद्यार्थी लगायत तोकिएका स्वयंसेवकहरुलाई परिचालन गरिनेछ ।

घ. स्वास्थ्य परामर्श तथा सेवाका लागि नगरपालिकाद्वारा स्वास्थ्य सेवा तथा सहायता कक्ष सञ्चालन गरिनेछ ।

इ. घुम्ति शौचालयको व्यवस्था गरिनेछ । सरसफाई र फोहोरमैलाको व्यवस्थापन व्यवस्थित गरिनेछ ।

च. मेला तथा दर्शनार्थीहरुलाई मन्दिरको दक्षिणतर्फको मुख्य प्रवेशद्वारबाट प्रवेश गरीदर्शन गरेपश्चात् पूर्वबाट निस्कने व्यवस्था गरिएको छ । दर्शनका लागि स्थानीय स्वयंसेवकहरुद्वारा सहजीकरण गरिनेछ ।

छ. विभिन्न प्रकारका सहयोग तथा समन्वयका लागि नागरिक सहायता कक्षको व्यवस्था गरिनेछ ।

ज. अशक्त, अपाङ्गता भएका असहाय तथा ज्येष्ठ नागरिकलाई सुरक्षित तवरबाट दर्शन गराउने व्यवस्था गरिनेछ ।

झ. निःशुल्क खानेपानी तथा कालो चियाको व्यवस्था गरिनेछ ।

अ. मन्दिर प्राङ्गण तथा तोकेको स्थान वरिपरि सडक तथा पेटी अतिक्रमण गरी बजार क्षेत्र  निषेध गरिएको छ ।

ट. पार्किङ्गको रुपमा कसैले पनि कुनै स्थानमा शुल्क उठाउन निषेध गरिएको छ।

तपाइँको प्रतिक्रिया ।