बुढानीलकण्ठ नगरपालिकामा भोलि स्थानीय विदा हुने , के छ सुचनामा ?

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर ६।

मंसिर ०७ गते बुढानीलकण्ठ नगरपालिकामा स्थानीय विदा हुने भएको छ । नगरपालिका तथा अन्तर्गतका वडा कार्यलय लगायत शैक्षिक संस्थाहरू समेत बन्द रहने नगरपालिकाले जनाएको छ । बूढानीलकण्ठ नगर कार्यपालिकाको २०८० कार्तिक २० गते बसेको बैठकले हरिबोधनी एकादशीको अवसरमा स्थानीय विदा दिने निर्णय गरेकाे हाे  ।

बुढानीलकण्ठ मन्दिर परिसरमा यस दिन मेला लाग्नका साथै काठमाण्डौ उपत्यकाका चार नारायण दर्शन गरेर भक्तजनहरुले बुढानीलकण्ठ दर्शन गर्ने गरेका छन् ।

बुढानीलकण्ठ नारायणस्थानमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म पाँच दिन विशेष मेला लाग्ने गर्दछ । आषाढ शुक्ल एकादशीदेखि नै भक्तजन बढी मात्रामा बुढानीलकण्ठ दर्शन गर्न आउने भए पनि कार्तिक शुक्ल पक्षका पाँच दिन धेरै भीड लाग्ने गरेको छ ।

सुचना :

 

तपाइँको प्रतिक्रिया ।