बुढानिलकण्ठ-१२ निलो माइक्रो र शंखरापुर-७ किलागलबाट नक्कली नोटसहित दुई महिला पक्राउ

बुढानिलकण्ठ-१२ निलो माइक्रो र शंखरापुर-७ किलागलबाट नक्कली नोटसहित दुई महिला पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर ५।

नक्कली नोट सहित प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ।

सोमबार राति प्रहरीले  शंखरापुर नगरपालिका-७ कोलागाल डेरा गरी बस्ने सिन्धुपालचोक  जलविरेकी ४९ वर्षीया सिर्जना थापा र बुढानिलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने ओखलढुंगा कुईवीर गाउँपालिका-४ की ४१ वर्षीया मैया कुमारी घिमिरे छन्।

सिर्जनाबाट १ हजार दरको १ सय ४० थान र कुमारीको साथबाट १ हजार दरको २१ थान नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ।सिर्जना र मैया कुमारीले नक्कली नोटको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग साँखु र प्रहरी प्रभाग कपनको प्रहरीले शंखरापुर नगरपालिका-७ कोलागालबाट सिर्जनालाई सोमबार राति र प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले मैया कुमारीलाई बुढानिलकण्ठ नगरपालिका-१२ कपन निलोमाईक्रो पार्क नजिकबाट सोमबारसाँझ पक्राउ गरेको हो।

तपाइँको प्रतिक्रिया ।