शैक्षिक उन्नयन वर्ष २०८०/८१ : एकैदिन बुढानिलकण्ठका १९ सामुदायिक विद्यालयहरुको अनुगमन

शैक्षिक उन्नयन वर्ष २०८०/८१ : एकैदिन बुढानिलकण्ठका १९ सामुदायिक विद्यालयहरुको अनुगमन
कपन अनलाइन
काठमाडौं, मङ्सिर ५।
बुढानीलकण्ठ नगरपालिका शिक्षा महाशाखाले   नगरपालिकाभित्रका १९ वटा सामुदायिक विद्यालयहरुमा अनुगमन गरेको छ । शैक्षिक उन्नयन वर्ष २०८०/८१ कार्यान्वयन गर्दै सफल पार्नका लागि  नगरपालिकाभित्र सञ्चालित सब्नी  सामुदायिक विद्यालयको अनुगमन गरिएको हो ।
विद्यालयमा रहेका भौतिक वस्तुहरुको पहँच, शिक्षण पद्धति, विद्यार्थीहरुको नियमितता र पठनपाठन, पोषणयुक्त खाजाको व्यवस्था लगायत अन्य विविध विद्यालयमा विस्तार गर्दै लग्नुपर्ने विषय तथा समस्याहरुका विषयहरुमा विद्यालयका प्राधानाध्यापक लगायत विषयगत शिक्षकहरुसँग अन्तरक्रिया गरिएको छ ।
नगरपालिका भित्र सञ्चालित १९ वटा सामुदायिक विद्यालयहरुमा आज विविध विषय तथा गतिविधिहरुबारे विस्तृत अनुगमन तथा निरिक्षण गरिएको छ ।
विद्यालयमा कार्यरत शिक्षक, विद्यार्थीहरु, साथै विद्यालयका भौतिक संरचना तथा दिवा खाना/ खाजाको समेत चेक जाँच गरि गुणस्तरीय शिक्षा तथा पोषणको समेत अनुगमन गरिएको हो ।
त्यस्तै विद्यालयभित्रको खेलमैदान, अतिरिक।त क्रियाकलाप देखि शौचालय, सफा स्वच्छ खानेपानी लगायतका विषयहरुमा समेत ध्यान दिने विषयहरुमा समेत विषेश जोड दिइएको थियो ।
नगरपािकाद्वारा विद्यार्थीहरुलाई ‘Food for Life’ कार्यक्रम मार्फत दैनिक दिवा खाजा प्रदान गरिँदै आएको छ । नगरपालिकाको समन्वयमा विभिन्न किसिमका सहयोग, अनुदानहरु तथा थप सहयोगहरु समेत प्रदान गरिँदै आएका विषयहरुमा समेत प्रगति तथा थप सुविधाहरुका विषयमा समेत अन्तरक्रिया गरिएको थियो ।
तपाइँको प्रतिक्रिया ।