बुढानिलकण्ठ : अधिवेसनमा एमाले,सम्मेलनमा कांग्रेस र अभियानमा माओवादी

बुढानिलकण्ठ : अधिवेसनमा एमाले,सम्मेलनमा कांग्रेस र अभियानमा माओवादी
कपन अनलाइन
 काठमाडौं, मङ्सिर ५।
बुढानिलकण्ठ नगरपालिकाका राजनीतिक दलहरु अहिले अधिवेसन र अभियानमा सक्रिय देखिएका छन।
नेकपा एमालेले विभिन्न वडाहरु सहित नगर अधिवेसनको तयारी शुरु गरेको छ भने नेकपा माओवादीले घर घरमा माओवादी अभियान संचालन गरिरहेको छ।
नेकपा एमालेका केहि वडाहरुले अधिवेसनको मिति तय गरिसकेका छन भने अन्य वडाहरुले पनि चाडै नै अधिवेसनको घोषणा गर्ने तयारी गरेका छन।
त्यस्तै नेपाली कांग्रेसले पनि नगर र वडा सम्मेलनहरु सहित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम मार्फत संगठन परिचालन गरिरहेको छ।
नेपाली कांग्रेस बुढानिलकण्ठले नगरपालिकाको कार्यसम्पादन र विकाश निर्माणका विषय औपचारिक रुपमा उठाउनुका साथै स्वास्थ्य शिविर ,सरसफाई लगायतका अभियानहतु पनि संचालन गर्दै आएको छ।
नेकपा माओवादी केन्द्रले बुढानिलकण्ठ नगरपालिकाका विभिन्न वडा कमिटी गठन गर्नुका साथै वडा नं १३ चुनिखेलमा बृहत सभा समेत सम्पन्न गरेको छ भने केन्द्रीय अध्यक्षको उपस्थितिमा अर्को बृहत कार्यक्रमको तयारीमा रहेको नेताहरुले बताएका छन।
गत स्थानीय तहको निर्वाचनमा अनपेक्षित रुपमा कमजोर देखिएको नेकपा माओवादी केन्द्र बुढानिलकण्ठले अहिले संगठन विस्तार र जनसम्पर्कलाई व्यापक बनाएको छ।
तपाइँको प्रतिक्रिया ।