टिकटक बन्द गर्ने सरकारको निर्णय गलत : गगन थापा

टिकटक बन्द गर्ने सरकारको निर्णय गलत : गगन थापा
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २७ ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने सरकारी निर्णय गलत भएको बताएका छन् ।

उनले समाजिक सञ्जालमा प्रतिक्रिया दिँदै सरकारले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भएपनि  बन्द गरिनु सरासर गलत भएको उल्लेख गरेका छन् ।

‘ यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने ÷ नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत,अभिव्यक्ति तथा व्यक्तिगत स्वतन्त्रताु लाई कुण्ठित गर्ने देखियो।’ थापाले सरकारले यो निर्णय सच्याउनुपर्ने बताएका छन् । उनले लेखेका छन्,‘ सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।’

तपाइँको प्रतिक्रिया ।