आजको मौसम : बागमती सहित केहि प्रदेशमा हिमपातको सम्भावना

आजको मौसम : बागमती सहित केहि प्रदेशमा  हिमपातको सम्भावना

कपन  अनलाइन

काठमाण्डौ ,कार्तिक २८।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा छ ।

विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

कोसी, बागमती  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

तपाइँको प्रतिक्रिया ।