गजल : अनिता भण्डारी (पौडेल)
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २५।
समस्या आइरहन्छ एकपछि अर्को
समाधान गर्नुपर्छ नमानिकन झर्को ।
एउटै कुरामा मात्र मन अल्झिरह्यो भने
आवेग बढिरहन्छ जहिलेपनि डरको ।
रोकिदैन समस्या उपाय हो समाधान
जसलाई पर्छ उसैलाई छ पिडा चर्को ।
कोही लुकाउछन कोही सुनाउछन
सबैलाई परिरहन्छ कहानी घरघरको ।
जसलाई मिलिरहन्छ परिवारको साथ
उसलाई लाग्दैन कुनैकुरा झर्कोफर्को ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।