बुढानिलकण्ठ-३ मा बोधीसत्व विहारले अनाधिकृत बोरिङ्ग गरेको भन्दै स्थानीयहरुको विरोध

बुढानिलकण्ठ-३ मा बोधीसत्व विहारले अनाधिकृत बोरिङ्ग गरेको भन्दै स्थानीयहरुको विरोध

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २०।

बुढानिलकण्ठ नगरपालिका वडा नं ३ मा रहेको बोधिसत्व बिहारले अनाधिकृत रुपमा १५० मिटरको बोरिङ गरेको भन्दै स्थानीयहरुले विरोध गरेका छन। सो स्थानमा खनिएको बोरिङका वारेमा स्थानीयहरुले विरोध जनाएपछि आज वडाले छलफलका लागि सरोकारवाला पक्षहरुको बैठक बोलाएको छ।

छ महिना भित्र काम सक्ने गरी उपत्यका खानेपानी बोर्ड संग २०७८ साउन ५ गते अनुमति लिएको बिहारले हालमात्र बोरिङ्ग खन्ने काम शुरु गरेको थियो। दोश्रो पटक बोरिङका लागि निवेदन दिएपनि बोर्डले सिफारिस नदिएको श्रोतले जानकारी दिएको छ।

स्थानीयको विरोधका बावजुद पनि बोरिङ्ग खन्ने कामलाई निरन्तरता दिएको बिहारले वडा कार्यालयको सिफारिस देखाएपनि खानेपानी बोर्डले दिएको सिफारिस भने नदेखाएको एक स्थानीयले जानकारी दिएका छन।

शिवपुरी रास्ट्रीय निकुन्ज र मध्यवर्ती क्षेत्रमा रहेको बिहारले सो क्षेत्रमा विभिन्न संरचनाहरु समेत निर्माण गरेर विभिन्न धार्मिक गतिविधिहरु संचालन गर्दै आएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।