कर्कलाको पानी : रमेशचन्द्र घिमिरे (बालकविता)
कपन अनलाइन
काठमाण्डौ ,असोज २७।
चाँदी जस्तै टलटल टल्किरहने के हो ?
यसो छुन पाएदेखि थाहा हुन्छ जे हो
बोटैपिच्छे चाँदी डल्ला कसले कहिले राख्यो ?
एक्लै राख्न भ्याएन पक्कै साथी कसलाई डाक्यो ?
टप्प टिपी ल्याउँछु अनि राख्छु कचौरामा
झ्याङ्कट् काँडा पन्छाएर जान्छु करेसामा
मैले यसो भनेको त आमा मान्नुहुन्न
हुन्न छोरी अहिले तिमी त्यहाँ जानुहुन्न
एक्लै गएँ टिप्न खोजेँ यता उता स¥यो
छिरलियो पानी बनी अनि भुइँमा झ¥यो
बाबा आई भन्नुभयो कुरा बुझ्यौ नानी ?
चाँदी नभई आखिर यो हो कर्कलाको पानी ।
सहकार्य : कपन बानेश्वर साहित्यीक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।