आह्वान : जनार्दन अधिकारी ‘धड्कन’ (कविता )

आह्वान : जनार्दन अधिकारी ‘धड्कन’ (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असोज २७।
माटो रुँदैछ
लालीगुराँसको रङ्ग
फिक्का हँुदैछ
सुक्दै छन् खोला
र नदीहरु
उजाड हुँदै छन्
डाँडाहरू
डडेलो लागेको छ
मनभित्र
यौनपिपासुहरूले
प्रेमको नाटक गर्दै
हत्या गर्दै छन्
प्रेमलाई
लोकतन्त्रको अस्मिता
सत्ताधारीहरुले नै लुट्दै छन्
जनताको अभिमतको
अपमान गर्दै
भ्रष्टाचारको कोशी
र कर्णालीमा पौडदै
छ्याप्दै छन् संविधानमा पानी
समृद्धिको परिकल्पनाभित्र
टुक्रा पर्दैनन् सपनाहरू
बेरोजगारी व्याप्त छ
कलेजमा
विद्यार्थी भर्ना हुन छाडे
राम्रो भन्ने कुनै
एक ठाउँ पनि छैन
आऊ
आह्वान गर्छु
मबाट सुरु गरौँ
समूहलाई हामी भनौँ
हामी सबै मिलेर
जोडदार आह्वान गरौँ
सबै मिली देश बचाऊ !
सहकार्य : कपन बानेश्वर साहित्यीक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।