इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुवारकलाई जन्मकैदको सजाय

नौ सय सर्वसाधारणको हत्यामा दोषी ठहर

इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुवारकलाई जन्मकैदको फैसला सुनाइएको छ । इजिप्टको एक अदालतले जनआन्दोलन दबाउन मुख्य भूमिका खेलेको भन्दै पूर्व राष्ट्रपति मुबारकलाई जन्मकैदको फैसला सुनाएको हो । इजिप्टमा गत वर्ष भएको आन्दोलन दबाउन सर्वसाधारणको हत्या गरेको आरोपमा मुवारकविरुद्ध मुद्दा चलाइएको थियो । अदालतले नौ सय सर्वसाधारणको हत्यामा मुबारकलाई दोषी ठहर गरेको हो । मुवारकविरुद्धको मुद्दामा दश महिनायता अदालतमा सुनुवाई भइरहेको थियो । ८४ वर्षिय मुवारक भने उपचारका क्रममा अस्पतालमा छन । सन् २०११ को सुरुमै इजिप्टमा चलेको आन्दोलनले ४० वर्ष लामो मुबारकको सत्ता ढालेको थियो ।

तपाइँको प्रतिक्रिया ।