इन्द्रजात्रा हेर्न गएका ओखलढुंगा लिखुका कार्कीको हत्याका आरोपी पक्राउ

इन्द्रजात्रा हेर्न गएका ओखलढुंगा लिखुका कार्कीको हत्याका आरोपी पक्राउ

कपन अनलाइन

काठमाडौँ ,आश्विन १६।

इन्द्रजात्रा हेर्न आएका युवकको हत्याका मुख्य आरोपीलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ। गोदाबारी नगरपालिका ५ ललितपुरका अरविन ठकुरलाई पाटन क्याम्पस नजिकैबाट प्रहरीले केहीबेर अघि पक्राउ गरेको हो।

ओखलढुंगाको लिखु गाउँपालिका ४ घर भई हाल क्षेत्रपाटी बस्ने १७ वर्षीय सनी कार्कीको सोमबार राति हत्या भएको थियो।सोही घटनामा संलग्न रहेको आरोपमा यसअघि एक महिला र एक पुरुषलाई पक्राउ गरेको भएपनि उनीहरुको संलग्नता पुष्टि भइनसकेको प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। परिसर स्रोतका अनुसार ठकुरीले भने चक्कू प्रहार गरेका थिए।

तपाइँको प्रतिक्रिया ।